अमेरिका २३ साउन । महिला सहकर्मीलाई म्यासेजमा अश्लील तस्बिर पठाएको आरोपमा एक अमेरिकी टेलिभिजन प्रस्तोता निलम्बनमा परेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्युजले ३ महिला सहकर्मीलाई म्यासेजमा अश्लीन तस्बिर पठाएको आरोपमा प्रस्तोता एरिक बोलिङलाई निलम्बन गरेको हो । तर, उनका वकीलले भने बोलिङलाई झुटो आरोपमा फसाउन खोजिएको भन्दै बचाउ गरेका छन् ।
फक्स न्युजले घट्नाका सम्बन्धमा छानबिन भइरहेको जनाएको बिबिसीले उल्लेख गरेको छ । बोलिङले फक्स बिजनेस च्यानल र फक्स न्युजमा काम गर्ने महिला सहकर्मीलाई पुरुष योनांगका अश्लील तस्बिर पठाएको १४ गोप्य सुत्रलाई उद्धृत गर्दै वासिंगटन पोस्टले दाबी गरेको छ । फक्स न्युजका प्रवक्ताले बोलिङलाई जाँचका लागि निलम्बन गरिएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया