अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन् । अफगानिस्तानमा बिहीबार मात्र दुई जना अमेरिकी नेटो सैनिकको हत्या भएको थियो ।
शुक्रबार एक नेटोआवद्ध सैनिक मारिनुको साथै अन्य छ जना घाइते भएको समाचारमा जनाइएको छ । बिहीबार कान्दाहार सहरको विमानस्थलमै तालिबानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका थिए ।
काबुलबाट उत्तरी इलाकामा शुक्रबार एक आत्मघाती व्यक्तिले बिहान आठ बजे प्रहरी चौकीमा आक्रमण गरेका थिए । आक्रमणमा पाँच विदेशी सैनिक र एक भाषा अनुवादक घाइते भएका छन् । अफगानिस्तानको टोलो टेलिभिजनका अनुसार मारिएका र घाइते भएका ती सैनिक कुन देशका हुन भन्ने बारेमा नेटो सैनिकले प्रंष्ट गरेको छैन ।
अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार अमेरिकी नेतृत्वका नेटो सैनिक बाँकी रहेका छन् ।
प्रतिक्रिया