कान्दाहार २० साउन । अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध २ अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी यस आक्रमणमा परी अन्य ४ नेटो आबद्ध सैनिक घाइते भएका छन् ।घाइते हुने सैनिक पनि अमेरिकी सैनिक रहेको अफगानिस्तानको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।
बुधबार अपराह्न भएको एक आक्रमणमा परी कान्दाहार प्रान्तमा २ नेटो सैनिक मारिनुको साथै अन्य ४ घाइते भएका आरएसले बिहीबार मात्र जानकारी दिएको छ । यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । यस आक्रमणको क्रममा अफगान नागरिकको हताहतको समाचार भने आएको छैन । अफगानिस्तानमा सन् २०१५ को अन्त्यदेखि नेटो सैनिक फर्किएको भनिए पनि हाल १३ हजार सैनिक भने बाँकी रहेका छन् ।
प्रतिक्रिया