संविधान पुनर्लेखनको तयारी

कराकस २० साउन । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले संविधान पुनर्लेखनका लागि आवश्यक एकनिकाय स्थापनाको तयारी गरेका छन् ।  यहाँ हालै सम्पन्न संविधानसभा निर्वाचनको वैद्यतामाथि प्रश्न उठेका बेला राष्ट्रपतिले संविधान पुनर्लेखनको तयारी थालेका छन् ।  उनको यस योजनाको अन्तर्राष्ट्रियरूपमा तीव्र आलोचना भएको छ । यस निर्वाचनमा हिंसा भएर २८ जनाको ज्यानै गएको थियो । भेनेजुएलामा गत आइतबार सम्पन्न विवादास्पद संविधानसभाको निर्वाचनपछि उनको यो निर्णय आएको हो । सो निर्वाचन विपक्षीले बाहिस्कार गरेका थिए । अन्तर्राष्ट्रियरूपमा भएको यस आलोचनामा कसैले ‘कू’ को संज्ञा दिएका छन् भने, कतिपय देशले गैरकानुनी निर्वाचन भनेका छन् ।

यस निर्वाचनपछि भेनेजुएलामा राजनीतिक र आर्थिक संकट गहिरिएको बताइएको छ । यस निर्वाचनमा धाँधली गरेको भन्दै विपक्षीले विश्व समुदायले उक्त निर्वाचनलाई मान्यता नदिन आग्रह गरेका छन् ।  यसैबीच विपक्षीले नयाँ संविधान लेखनको लागि भएको भनिएको सरकारी तयारीको विरोधमा विरोध प्रदर्शनको तयारी गरिरेहको बताइएको छ । यद्यपि, राष्ट्रपतिले भने शुक्रबारसम्म संविधान लेखनका लागि गठन गरिने नयाँ निकायलाई शपथ ग्रहण गराउने अडानका साथ तयारी थालेकोे बताइएको छ ।  उता विपक्षीहरूले भने सरकारको यस तयारीलाई अवरुद्ध पार्ने गरी आन्दोलन गर्ने जनाएका छन् ।  करिब २८ व्यक्तिको ज्यान गएको यस तनाव अन्त्य गर्ने गरी भन्दै सरकारद्वारा एकलौटी रूपमा गठन गर्न लागिएको यस संविधान लेखनसम्बन्धी निकायलाई सबै विपक्षीले अस्विकार गरेका छन् ।

संविधानसभाबाट निर्वाचित नयाँ सदस्य संख्या ५ सय ४५ रहेको छ । तर, उक्त निर्वाचनमा विपक्षी दलका तर्फबाट १ जना पनि उम्मेदवार विजयी भएका छैनन् ।
यस निर्वाचनमा राष्ट्रपति मादुरोकी श्रीमती र छोरासमेत संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका छन् । अमेरिकाले मादुरो सत्तामा रहिरहन चाहेको आरोप लगाएको छ । ब्राजिलले यस निर्वाचनलाई सत्ता पलटको संज्ञा दिएको छ ।  भेनुजुएलाका राष्ट्रपति निकोलास मादुरोले यस निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै आएका छन् । तर, त्यसलाई देशभित्र र बाहिरबाट पनि स्वीकार गरिएको छैन ।  त्यसैगरी एकअर्काे समाचारमा भेनुजुएलाका प्रमुख निर्वाचन अधिकारीले यस निर्वाचनमा ४१ दशमलब ५३ प्रतिशत मात्र भोट खसेको बताएका छन् । सोही कारण ५० प्रतिशत पनि मत नखसेको निर्वाचनलाई मान्यता दिन नहुने विदेशी समुदायको माग छ ।
भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयुडी) ले वर्तमान राष्ट्रपति निकोलास मादुरोले अब भेनेजुएलाको राजनीतिक सङ्कट समाधान गर्न नसक्ने बताएका छन् ।  यहाँ आर्थिक संकटसमेत चुलिएको भन्दै विगत ४ महिनायता विपक्षीहरूको आन्दोलन जारी राखेका छन् । सो आन्दोलनको क्रममा १ सय २० नागरिकको ज्यान गएको छ ।

प्रतिक्रिया