उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

वासिंगटन २० साउन । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यसअघि, पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर, जानै नपाइने गरी प्रतिबन्धात्मक व्यवस्था पनि लगाइएको थिएन । तर, पछिल्लो समयमा उत्तर कोरियामा अमेरिकी नागरिक असुरक्षित रहेको निष्कर्ष अमेरिकी विदेश मन्त्रालयले निकालेकोले यात्रामा प्रतिबन्ध लगाइएको बताइएको छ ।  यसअघि, १ जना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा पक्राउ गरी लामो समय जेलमा राखिएको घटनाप्रति अमेरिकाले कडा विरोध गर्दै अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने बताउँदै आएको थियो ।

उसको यो नयाँ नियम आगामी सेप्टेम्बर १ देखि सुरु हुने बताइएको छ । उत्तर कोरियामा अमेरिकी नागरिकलाई पक्राउ गर्न सक्ने खतरा रहेको भन्दै अमेरिकाले सो घोषणा गरेको हो । १ जना २२ वर्षीय अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले प्योङयाङमा नियन्त्रणमा लिएको थियो । उनलाई १ वर्षभन्दा लामो समयदेखि जेलमा राखिएको थियो । पछि उनलाई जेलमुक्त गरेको भए पनि उनको निधन भएको थियो । यो नयाँ प्रतिबन्ध कम्तीमा पनि १ वर्षसम्म जारी रहने छ । यस अवधिमा उक्त निर्णयको अवस्था हेरेर पछि अर्काे निर्णय गर्न पनि सकिने बताइएको छ ।

उक्त नयाँ नियम अनुसार कुनै पनि अमेरिकी नागरिकले उसँगको राहदानीबाट उत्तर कोरियाको भ्रमण गर्न पाउने छैन । उसले उत्तरको भ्रमणका लागि अर्काे एकविशेष कागजात प्राप्त गर्नुपर्ने छ । पछिल्लो समयमा उत्तर र दक्षिण कोरिया एवं संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचमा ठूलो बिबाद जारी रहेको छ ।
उत्तर कोरियाले गरेको आणविक क्षेप्यास्त्र परीक्षणबाट उत्तर कोरियामाथि अमेरिका र संयुक्त राज्य अमेरिकाले नाकाबन्दी लगाएका छन् ।

प्रतिक्रिया