टोक्यो २० साउन । जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानमा बिहीबार नयाँ विदेशमन्त्री र रक्षामन्त्री नियुक्त गरेका छन् । जापानको सरकारमाथि पछिल्लो समयमा विभिन्न विषयमा आलोचना गरिएको छ । ती आलोचनाहरूको खण्डन गरिरहेका उनले बिहीबार नयाँ विदेश र रक्षामन्त्री नियुक्त गरेको राजधानी टोक्योबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जापानको नयाँ विदेशमन्त्रीमा तारो कोनोलाई नियुक्त गरिएको पनि सोही समाचारमा जनाइएको छ । उनी जापानका पूर्वविदेशमन्त्रीको छोरा हुन् । त्यसैगरी जापानको नयाँ रक्षामन्त्रीमा इत्सुनोरी ओनोदेरालाई नियुक्त गरिएको छ । उनी जापानको पूर्वरक्षा सचिव थिए ।जापानको रक्षामन्त्रीबाट तोमोमी इनादाले गत हप्ता राजीनामा दिएका थिए । जापानी प्रधानमन्त्री आबेको दलको गठबन्धनका रूपमा रहेको उनले राजनीतिक विवादका कारण राजीनामा दिएको बताइएको थियो ।
प्रतिक्रिया