भेनेजुयलामाथि अमेरिकी आर्थिक प्रतिबन्ध

वासिंगटन १८ साउन । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई तानाशाहको संज्ञा दिँदै आर्थिक प्रतिबन्ध लगाएको छ । यसैक्रममा अमेरिकामा रहेका मदुरोको सम्पत्ति रोक्का गरिएको छ ।विवादास्पद संविधानसभाको निर्वाचन स्थगित गर्न अमेरिकाले दिएको दबाब मदुरोले अस्वीकार गरेपछि आर्थिक प्रतिबन्ध लगाइएको हो । मदुरोसँग कुनै पनि प्रकारको व्यापार नगर्नसमेत अमेरिकी संस्थालाई निर्देशनसमेत अमेरिकाले दिएको छ ।

उता, भेनेजुएलाका राष्ट्रपति मदुरोले भने परिवर्तनका लागि निर्वाचन गराइएको उल्लेख गर्दै अमेरिकी प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।सोमबार टेलिभिजन सम्बोधनको क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरूप देखिएको समेत बताए । भेनेजुएलमा आइतबार संविधानसभाको निर्वाचन भएको थियो ।विपक्षी दलले भने निर्वाचनलाई मान्य नहुने बताउँदै आएका छन् । उनीहरूले संविधानसभाको माध्यमबाट मदुरोले आफ्नो सत्ता सुदृढ गर्ने र लम्ब्याउने कोशिस गर्न लागेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया