ट्रम्पद्वारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गरेका छन् ।राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका ‘चिफ अफ स्टाफ’ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गरेका छन् । प्रिबसको ठाउँमा जोन केलीलाई नियुक्त गरेको उनले ट्विटमार्फत जानकारी दिएको छ ।उनले ट्विटमा लखेका छन्, ‘म विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु कि ह्वाइट हाउसको गृह मामिला मन्त्रीमा रूपमा जनरल सेक्रेटरी जोन एफ केलीलाई नियुक्त गरेको छु ।’‘उहाँ एकदमै राम्रो अमेरिकी नागरिक हुनुहुन्छ, एकदमै राम्रो नेता हुनुहुन्छ, जोनले होमल्यान्ड सचिवका रूपमा एकदमै राम्रो काम गर्नुभएको छ’ उनले अगाडि थपेका छन्, ‘उनी मेरो प्रशासनको एउटा चम्किलो तारा हो ।’

‘देशको लागि समर्पित भएको र सेवा गरेकोमा मैले राइन्स प्रिबसलाई धन्यवाद दिन चाहन्छु, उहाँको निपूर्णताको म गौरव गर्दछु,’ बाहिरिँदै गरेका कर्मचारीबारे ट्रम्पले भनेका छन् । ट्रम्पले लेखेका छन्, ‘तर, मलाई सफल बनाउनका लागि उहाँ जनरल जोन केलीभन्दा राम्रो हुनुहन्छ भन्ने मलाई लाग्दैन ।’ ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले प्रिबसलाई हटाएर केलीलाई नियुक्त गरेका हुन् ।  यसअघि, ट्रम्पकै दबाबमा उनी सञ्चार सचिवले राजीनामा दिएका थिए । राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेको ६ महिनामै आफैंले नियुक्त गरेका धेरै सहयोगी तथा सल्लाहकार विभिन्न कारणले बाहिरिएका छन् ।

प्रतिक्रिया