फेसबुकको आम्दानी किन बढ्यो ?

facebook

बेलायत १३ साउन । सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ । विश्वको जनसंख्याको एक चौथाइभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन् । फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या २ दशमलब १ अर्ब थियो । फेसबुककका अनुसार गत अप्रिलदेखि जुनसम्मको ३ महिनाको अवधिमा उस्को आम्दानी ९ दशमलव ३ अर्ब डलर पुगेको थियो । त्यस अवधिमा उसको नाफा ७१ प्रतिशतले बढेको बताइएको छ ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले भने, ‘यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ । उनले सन् २००४ मा फेसबुक खोलेका थिए । फेसबुकले प्रयोगकर्तासँगै बढीभन्दा बढी विज्ञापन आकर्षित गरिरहेको छ । उसले आफ्ना अन्य सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्स्यापतर्फ पनि विज्ञापन आकर्षित गर्ने सम्भावना खोजिरहेको छ । फेसबुकका अनुसार इन्स्टाग्रामले पनि वृद्धिमा योगदान दिइरहेको छ । तैपनि फेसबुकको न्युजफिड नै वृद्धिको लागि सबैभन्दा प्रभावकारी माध्यम सावित भएको छ ।

जकरबर्गको भनाइमा फेसबुकको मेसेन्जर सेवामा अहिले नै विज्ञापन आकर्षित गर्न सकिँदैन किनभने त्यो अझै पनि प्रारम्भिक चरणमै छ ।  तर, उनले दीर्घकालमा त्यो पनि आम्दानीको स्रोत हुने संकेत दिए । २४ घन्टासम्म रहने सन्देश राख्ने सुविधा भएको स्न्यापच्याटसँग फेसबुकले तीव्र प्रतिष्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया