युद्ध भए भारतले १० मात्र झेल्ने !

नयाँदिल्ली ८ साउन । चीनसँगको सीमा विवाद युद्धोन्मुख भइहेका बेला भारतसँग भएको हतियारको मौज्दात सार्वजनिक भएको छ । यदि युद्ध हुने अवस्था आयो भने भारतले सक्ला त ? भन्ने प्रश्न सबैतिर उठिरहँदा हतियारको मौज्दात सार्वजनिक भएको हो । सार्वजनिक परिमाण अनुसार भारतले युद्धको अवस्था आएमा १० दिनमात्र झेल्न सक्ने तथ्य उजागर भएको छ । भारतको संसदमा पेस भएको नियन्त्रक एवं महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खुलासा भएको हो ।प्रतिवेदनअनुसार भारतीय सेनासँग १० दिनका लागि मात्र गोलाबारुद भन्डार छ । सघन युद्धको अवस्थामा १० दिनका लागि मात्र गोलाबारुद हुनु निकै चिन्ताजनक मानिन्छ ।

युद्धको अवस्थामा ७० प्रतिशत ट्यांक र ४४ प्रतिशत गोलाबारुद १० दिनभित्रै समाप्त हुने अवस्था छ । नियम अनुसार सेनासँग कम्तिमा ४० दिनसम्म युद्ध लड्न सक्ने हतियार र गोलाबारुद हुनुपथ्र्यो । प्रतिवेदनमा जनाइएअनुसार सैन्य मुख्यालयले सन् २००९ देखि २०१३ का बीचमा सैन्य सामग्री खरिदको प्रक्रिया सुरु गरेको थियो । सो प्रक्रियाअनुसारका केही सामग्री खरिद गर्ने काम सन् २०१७ सम्म पनि पूरा नभएको दैनिक भास्करले लेखेको छ ।

अर्डिनेन्स फ्याक्ट्री बोर्ड (ओएफबी) को कामकाजको चर्को आलोचना गर्दै प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१३ देखि ओएफबीका तर्फबाट आपूर्ति हुने गोलाबारुदको गुणवत्ता र मात्रामा कमी रहेकोतर्फ ध्यानाकर्षण गराइए पनि यस दिशामा कुनै प्रगति भएको छैन ।’

प्रतिक्रिया