झापामा पनि साढे ७६ करोड ३३ लाख फ्रिज

भद्रपुर ५ साउन। झापामा आर्थिक वर्ष ०७३÷७४ मा ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ । जिल्लाको कुल बजेट ११ अर्ब ४१ करोड ४८ लाख ४ हजारमध्ये ६ दशमलव ६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ ३६ करोड ८६ लाख ७ हजार र चालुतर्फ ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए ।
गत आवमा चालुतर्फको कुल बजेट आठ अर्ब ३८ करोड ३२ लाख ७९ हजारमध्ये ७ अर्ब ९८ करोड ८५ लाख ८३ हजार खर्च भएको छ भने पुँजीगततर्फ ३ अर्ब २७ करोड २ लाख ५ हजारमध्ये २ अर्ब ६५ करोड ८५ लाख ९८ हजार खर्च भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया