ज्योति विकास बैंकको २ एटिएम काउन्टर विस्तार

jyoti copy

काठमाडौं ५ साउन । ज्योति विकास बैंकले जोरपाटी तथा भक्तपुरको च्याम्हासिंह शाखबा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाबाट बैंकका ग्राहकलगायत एससिटी सदस्यले बैंकका एटिएम कार्डबाट नगद झिक्न सक्नेछन् । यी २ एटिएमसहित बैंकले १४ वटा एटिएमबाट देशका विभिन्न स्थानमा सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा अन्तर्राष्ट्रिय कम्पनीसँग आवद्घ भई थप सेवा विस्तार गर्ने पनि जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरका अनुसार बैंकले आगामी वर्ष पनि अन्य शाखाहरूमा एटिएम सेवा विस्तार गरी बैंकिङ सेवालाई सहज र सरलीकृत गर्दै लाने योजना रहेको बताए । राष्ट्रिय स्तरको यस विकास बैंकले देशभर ३२ वटा शाखा सञ्जाल र १ एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने योजना बैंकको छ ।

प्रतिक्रिया