बुटवल पावर कम्पनी पुरस्कृत

butwal power company

काठमाडौं ५ साउन । वुटवल पावर कम्पनी पुरस्कृत भएको छ । उसले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति प्राप्त गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्कृष्ट प्रतिवेदन पुरस्कार उक्त कम्पनीलाई प्रदान गरेका हुन् । कम्पनीका तर्फबाट प्रमुख वित्त प्रबन्धक रत्नसंभव शाक्यले सो पुरस्कार ग्रहण गरेका थिए । गतवर्ष पनि बुटवल पावरले सोे पुरस्कार प्राप्त गरेको थियो । हालसम्म बुटवल पावरकाले १० पटक यो पुरस्कार प्राप्त गरिसकेको छ ।

यसका साथै यस कम्पनीको वार्षिक प्रतिवेदनको पनि दक्षिण एसियाली राष्ट्रहरूको वार्षिक प्रतिवेदनमध्ये कर्पोरेट उत्तरदायित्व तथा सुशासन एवं वित्तीय पारदर्शितामा सन् २००९, २०१०, २०१४ र २०१५ मा अवार्ड पाएको थियो ।

प्रतिक्रिया