एनआइसी एसिया २०आैँ वर्षमा प्रवेश

nic asia logo

पोखरा ५ साउन । एनआइसी एसिया बैंक लिमिटेड सेवाको २०औँ वर्ष प्रवेश गरेको छ । सो अवसरमा बैंकले मोबाइल बैंकिङ, एटिएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङलगायत सेवा निःशुल्क उपलब्ध गराउने बताएको छ । बैंकले ९ प्रतिशत व्याजदरमै समुन्नन वचत खाता सञ्चालनमा ल्याएको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बैंकका गण्डकी–धौलागिरी क्षेत्रीय कार्यालय कार्यालयका प्रबन्धक दीपेन्द्र शर्माले बताएका हुन् । बैंकले प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ पहुँच अभिवृद्घि गर्ने अभिप्रायले चालु आवभित्र शाखा संख्या २ सय र सन् २०२० भित्र शाखा २ सय ५० पु¥याउने लक्ष्य लिएको छ ।

त्यस्तै, चालु आवको अन्त्यसम्म एटिएम संख्या ४ सय बढी, शाखारहित बैंकिङ सेवा २ सय बढी, पिओएस संख्या २ हजार बढी तथा रेमिट्यान्स पेमेन्ट एजेन्ट १० हजार बढी कायम गर्ने लक्ष्य लिएको छ । विद्युतीय बैंकिङ अझै सशक्त तथा प्रभावकारी रूपमा अघि बढाउँदै ग्राहकलाई नवीनतम सुविधा प्रदान गर्न बैंक कटिबद्ध रहेको छ ।  बैंकले वचत खाता, खुद्राकर्जा तथा साना–मझौला व्यावसायिक कर्जा विस्तारमा विशेष रणनीति लिएको जनाएको छ । इन्टरनेटबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतिको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलोपटक बैंकले उपलब्ध गराइसकेको छ । संघीय संरचनाअनुरूप बैैंकले हाल ८ क्षेत्रीय कार्यालयबाट सेवा दिएको छ ।

प्रतिक्रिया