कुहिएको चामल बाँडिएको छैन

काठमाडौं ४ साउन । कुहिएको र राम्रोे खाद्यान्न अलग्याएर राम्रो दाल, चामल मात्रै वितरण गरेको गोरेटो गोरखाले जनाएको छ । डब्लुएफपी, गोरेटो गोरखाका कर्मचारी र गाउँका वुद्धिजीवी मिलेर राम्रो दाल, चामल मात्रै बाँडेको स्थानीयवासीले बताए । अपुग खाद्यान्न दोस्रोचरणमा बाँड्ने बताइएको छ ।
यसअघि लाप्राकमा ठूलो परिमाणमा कुहिएको चामल फेला परेपछि डब्लुएफपीले खाल्डो खनेर चामल नष्ट गरेको थियो ।

प्रतिक्रिया