एनआरएन बेलायतको अध्यक्षमा पूर्व गोर्खा सैनिक हिराधनद्वारा उम्मेदवारी घोषणा

hiradhan1_sDK65Fjlml (1)

लण्डन १ साउन। दुई पटक एनआरएन वेलायतका उपाध्यक्ष कार्यकाल सकिसकेका हिराधन राईले औपचारिक रुपमा एनआरएन वेलायतको अध्यक्ष पदकालागि प्रत्यासी उम्मेदवारी घोषण गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘ दुई वर्षको उपाध्यक्ष पदको कार्यकालमा रहदा एनआरएन वेलायतले अघि सारिएका केहि एजेन्डाहरु अझै अधुरा छन् ।’ ति अधुरो कार्यलाई आगमी कार्यकालमा पुरा गर्ने प्रतिवद्धता र केहि थप नयाँ एजेन्डाहरु दोहोरो नागरिकता कार्यन्वयनको पहल, आप्रवासी विद्यार्थीका लागि सूचना केन्द्र, नेपाली सामुदायिक भवन निर्माणको पहल, कल्याणकारी कोषको क्षमता बृद्धि जस्ता एजेन्डालाई उनले प्रारम्भिक रुपमा अघि सारेका छन् ।

उक्त घोषणसभामा उपस्थित नेपाली युवा संघका प्रतिनिधि प्रेम गुरुङले उपाध्यक्ष राईलाई आगमी अधिवेशनमा ठुलो सहयोग गर्ने विश्वास दिएका थिए । उपाध्यक्ष राईले भने–‘एनआरएन वेलायतको अधिवेशन सहमतिमा पद भाग लगाउनु नकरात्मक विचार हो ।’ वेलायतमा ६ जना उपाध्यक्ष चयन गरेका कारण एनआरएनए वेलायतलाई संसारभर छरीएका एनआरएनएहरुले खिल्ली उडाएका चर्चा गर्दै आगमी अधिवेशनमा त्यस्तो प्रवृति नदोहोरिन सल्ला दिएका थिए ।वेलायती गोर्खा सैनिकमा रहदा सैनिक अण्डाका शारिरिक र तेक्वान्दो प्रशिक्षक रहेका हिराधन राई नेपालको दुर्गम जिल्ला खोटाङ बासपानीमा जन्मिएका हुन् ।

प्रतिक्रिया