किन आउँदैन रातमा निन्द्रा ?

96927728_d2bb4703-f667-457a-8bc4-90a94634ebca

एजेन्सी । मानिसहरु कोही साँझ पर्न नपाउँदै उँग्न थाल्छन् भने कसैले अनिदै रात कटाउँछन् । यदि तपाइलाई पनि यस्तै हुन्छ भने यसको कारण बडो अनौठो छ ।हालै गरिएको एक अध्ययन अनुसार यसको जिम्मेबार तपाइका पूर्वज अर्थात पुर्खा हुन् । क्यानडाको टोरन्टो विश्वविद्यालय र अमेरिकाको नोयडा विश्वविद्यालयका शोधकर्ताले मिलेर गरेको अध्ययनले यस्तो नतिजा दिएको हो । सोधकर्ताहरु भन्छन्, सयौं वर्ष पहिले जब रातमा हाम्रा पुर्खाहरु राति सुत्थे, त्यहिँ केही सदस्यहरु जनवरबाट आक्रमण नहोस् भनेर उनीहरुको सुरक्षाका लागि जाग्राम बस्ने गर्थे अहिले हामीमा त्यहि बानी परेको हो । यो सोध विशेषगरी तान्जानियामा शिकार गर्ने जनजाति समुदायमा गरिएको हो जहाँ उनीहरुको सपनाको पनि अध्ययन गरिएको थियो । सोधका क्रममा यि मानिसहरुलाई २० देखि ३० वटा समूहमा विभाजन गरिएको थियो ।

शोधकर्ता टिमका लिडर डेविड सैमसनले भने, २ सय घण्टाको विश्लेषणमा रातमा जाग्राम बस्ने मानिसहरु १८ मिनेट मात्रै सुते । दिउँसो पुरुष र महिलालाई छुट्टाछुट्टै राखिएको थियो । उनीहरु फलफुल टिप्न र शिकार खेल्न जंगल गए । राति सबै मिलेर आगो बालेर नजिकै सुत्थे । तर उनीहरुको जिन्दगीमा पूर्वजको आनीवानी भन्दा खासै परिवर्तन देखिएन । निन्द्र लाग्ने र नलाग्ने बानी ४० देखि ७० प्रतिशत आफ्ना पूर्वजसँग र बाँकी वतावरण र उमेरले प्रभावित हुने यसअघि पनि एउटा सोधले पनि निश्कर्ष निकालेको थियो । सोधकर्ताले यो पनि पत्ता लगाएकी निन्द्रालाई सबैभन्दा बढी प्रभाव पार्ने चिज मान्छेको उमेर पनि हो । यसका अलावा वातावरण र अन्य चिजले पनि सुत्ने बानीलाई प्रभावित गर्दछ ।

प्रतिक्रिया