५० प्रतिशत मात्र रोपाइँ

एसबी जेरो

wfg /f]kfO ub}{ dWok'/ lyldsf ls;fg kl/jf/ . v]ltof]Uo hldgdf 3/lgdf{0f x'Fbf oxfF ls;fgx? dsf{df k/]sf 5g . tl:a/ M /Tg >]i7, /f;; .

ओखलढुंगा । स्थानीय चुनाव र आधा असारसम्म लागेको खडेरीले ओखलढुंगा जिल्लामा धान रोपाइँ प्रभावित भएको छ । किसानले असार सकिँदा पनि पर्याप्त धान रोप्न सकेका छैनन् । पर्याप्त पानी नपर्दा सिँचाइको समस्या भएको र चुनावका कारण केही दिन अलमल पनि भएकाले धान रोपाइँमा ढिलाई भएको ओखलढुंगाका किसानले बताएका छन् ।

असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत मात्रै रोपाइँ भएकोे वरिष्ठ कृषि विकास अधिकृत झलकनाथ कँडेलले बताए । ‘मौसम र माटोका आधारमा यहाँ अहिले ७५ प्रतिशत बढी रोपाइँ सकिनुपथ्र्यो, तर यसपालि चाहिएको समयमा पानी पनि परेन, चुनावले पनि किसान अलमलिए’ उनले भने ।

खडेरी र चुनावले धान रोपाइँ प्रभावित भएको उनले बताए । जिल्लाका उच्च तथा लेकाली क्षेत्रमा मात्र पानी परेको र धान खेती हुने क्षेत्रमा समयमा पानी नपरेकाले रोपाइँमा ढिला भएको हो । अझै पनि पानी अभावले कतिपय खेत बाँझै छन् । समयमै पानी परेको समयमा असार अन्त्य सम्ममा ८० प्रतिशत बढी रोपाइँ सकिनु पर्ने जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

जिल्लाको सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र सिल्खु बेशी, सेरा बेशी, शेर्ना बेशी, कुईभिर, टोक्सेल, बलखु, गाम्नांगटार, रामपुर लगायतका क्षेत्रमा अझै रोपाई सकिएको छैन । यसपाली खडेरीका लागि रोपाइँ गर्न समस्या भएको हो । खडरीका कारण जिल्लामा वर्सेनी खेतीयोग्य जमिन बाँझिने क्रम बढेको छ ।

जिल्लामा कुल ६ हजार चार सय हेक्टर जमिन मात्रै धान खेतीका लागि योग्य रहेको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाको तथ्यांक छ । जसमध्ये सिंचीत दुई हजार दुई सय हेक्टर जमिन रहेको छ । सिंचीत धान खेती योग्य जमिनमा ८० प्रतिशत रोपाई सकिएको छ । अधिकांश आकाशे पानीमा भर पर्ने क्षेत्रमा रोपाई बाँकी रहेको जिल्ला कृषि विकास कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया