सांग्रिला र कसमसको एकीकृत कारोबार

sangrila

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी शुक्रबारदेखि एकीकृत रूपमा कारोबार सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन सांग्रिला बैंकका अध्यक्ष प्राडा रबीन्द्रप्रसाद श्रेष्ठ तथा कसमसका अध्यक्ष प्राडा टेकनाथ ढकालले संयुुक्तरूपमा गरेका हुन् ।
कसमसलाई प्राप्ति पश्चात बैंकको चुुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख पुगेको छ । चुुक्ता पुँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद सेयर निष्कासन गर्ने बैंकको १२औँ वार्षिक साधारणसभाको निर्णय बमोजिम हकप्रद सेयर निष्कासनपछि चुुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख हुुने बैंकका कामुुप्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

चालु आव ०७३÷७४ को बाँड्न मिल्ने कोष तथा मुनाफाबाट करिब ३० करोड बराबरको बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने २ अर्ब ५० करोड रूपैयाँ पुग्ने बताइएको छ ।
प्राप्तिपछि आव ०७३÷७४ को तेस्रो त्रैमासिक विवरण अनुसार बंैकको निक्षेप १२ अर्ब ४० करोड तथा कर्जा ११ अर्ब ४१ करोड रहेको छ । बैंकका शाखा संख्या ३५ वटा, १ वटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुवित्त शाखा रहेको बैकका कामुुप्रमुख कार्यकारी अधिकृत थकालीले बताए ।

प्रतिक्रिया