विदेशी सीप स्वदेशमा परिचालन :बाख्रापालनबाट करोडौँ आम्दानी गर्दै हुमागार्इं

foto-pej=5काठमाडौं ३० असार । पछिल्लो समय रोजगार कै लागि विदेशिने युवाहरूको जमात ठूलो छ । विदेशबाट फर्केपछि त्यहाँको सीपलाई सदुपयोग गर्नेको संख्या कम रहेको पाइन्छ । यस्तै सीमित जमातमा भेटिन्छन् काभ्रेका राजेन्द्र हुमागाइँ । पछिल्लो समय विदेशबाट सिकेको सीपलाई नेपालमा व्यवसायिकतातर्फ लगेर नेपाल कै नमुना बाख्रापालन पद्धती उनले अपनाएका छन् । लामोसमय इजरायलमा रोजगारका लागि बसेर पशुपालन कृषि उत्पादनको क्षेत्रमा पसिना बगाएका काभ्रे पनौती–९ का ५३ वर्षीय राजेन्द्र हुमागाइँले पछिल्लो समय नेपालमा नै नमुना बाख्रापालन पद्धती सुरु गरेका छन् । फुल्चोकी फलपूmल कृषि उपज तथा पशुपालन कृषि फर्मका रूपमा हुमागाइँले विदेशबाट कमाएको रकम कृषि क्षेत्रमा लगानी गरेका हुन् । उनले सुरु गरेको बाख्रा फर्ममा दुई सय वटाभन्दा बढी बाख्रा पाल्न मिल्ने भए पनि हाल सय वटा बाख्रा पालेका छन् ।

एक जना व्यक्तिले नै दुई सयवटा बाख्रा पाल्न सक्ने गरी खोरको व्यवस्थापन गरिएको हुमागाइँले बताए ।  बाख्राको बड्कौँला पिसाबलाई जैविक मल बनाएर रासायनिक मल प्रतिस्थापन गर्ने पद्धती अगाडि बढाइएको छ । बाख्राका लागि आवश्यक पर्ने खोर अत्यन्तै व्यवस्थित साथ बनाएर बाख्राका लागि चिसोको र गर्मीको समस्या नहुने गरी टाँढको व्यवस्थापन गरिएको छ । एक करोडभन्दा बढी लगानीमा सुरु भएको बाख्रापालन र त्यसको खोरको व्यवस्थापन नेपालमा नै नमुना रहेको छ । विदेशमा कमाएको रकम, कृषि मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयआर्जन प्याक्टको समेत केही सहयोग र अन्य साथीहरूको सहकार्यमा हुमागाइँले बाख्रा पालन आधुनिकीकरण साथ अगाडी बढाएका छन् । बाख्राको पाठा माउ र ब्याडे बोकोका लागि फरकफरक किसिमको घाँस स्याउला र खोरको व्यवस्थापन रहेको छ ।

नेपाल पशुपालन र कृषि उत्पादनको एउटा महत्वपूर्ण स्थान रहे पनि यहाँको पहिचान हुन नसक्दा युवाहरू विदेशिनु परेको उनले बताए । काभ्रे जिल्लामा वार्षिक नौ हजार आठ सय ५० मेक्ट्रिक टन मासु उत्पादन हुने गरेको छ । जिल्लाबाट जसको २५ प्रतिशत मासु राजधानी भित्रने गरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर नारायणबहादुर श्रेष्ठले बताए । दैनिक करोडौँको मासु अन्न विदेशबाट भित्रने गर्छ । आमकिसानहरूको निर्वाहमुखी पशुपालन र कृषि उत्पादनमा लगानी भए पनि व्यावसायिक रूपमा अगाडि बढ्न नसक्दा दैनिक रोजगारकै लागि नेपाल छाड्ने हजारौँ युवाहरू छन् । उनले सञ्चालन गरेको फर्मको लगानी पाँच वर्षमा उठ्नेको उनको विस्वास रहेको छ । सुरुआतीको तीन महिनापछि दैनिक खसीबोका बिक्री हुने उनले बताए । हुमागाइँले राजधानीबाट नजिक काभ्रे जिल्लामा पशुपालनको अथक सम्भावना रहेकाले विदेशबाट भित्रने मासु प्रतिस्थापन गर्न काभ्रेका हरेक स्थान मासुजन्य बस्तु उत्पादनमा लगानी बढाउन आग्रहसमेत गरे ।

प्रतिक्रिया