सनराइज बैंकद्वारा बीमा रकम भुक्तानी

IMG_20170713_111039काठमाडौं ३० असार । सनराइज बैँक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरूको सुविधाको निमित्त शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा ‘बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ । यस सुविधाअन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म रकम प्रदान गरिने व्यवास्था रहेको छ ।

यस बैंकका निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाति थुर्पिनाथ तिम्सिनाको छोरा झापा जिल्ला, बिर्तामोड न.पा. वडा न ६ वस्ने हरि तिम्सिनाको सडक दुर्घटनामा परी निधन भएकोमा बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्थाअन्र्तगत मृतकको नाममा यस बंंैकको सुरुङ्गा शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात् पाँच लाख रुपैयाँबराबरको रकम हस्तान्तरण गरियो । उक्त रकमबराबरको चेक बंंैकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक प्रमोदकुमार दासले मृतकको हकवाला श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया