हुन्डाईको ज्वाइफूल जुलाइ अफर

Hyundai_Joyful July_Mnemonicकाठमाडौं २९ असार । नेपालका लागी हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई ज्वाइफुल जुलाइ अफर’ ल्याएको छ । यस अफरमार्फत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा प्राप्त गर्ने अवसर पाउने छन् ।
विशेषगरी चाडपर्वको समयमा मात्रै ग्राहकहरूलाई यस्तो आकर्षक योजना प्रदान गरिने नेपाली गाडी उद्योगमा, चाडपर्व अगावै नै सार्वजनिक गरिएको यस योजना एकदम नौलो हो ।

सो योजनाअन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क इन्स्युरेन्स तथा रोड ट्याक्स (२०७४र२०७५) र स्क्रायच कुपनमार्फत १ लाखसम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।

यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । चाडपर्व अगावै नै ग्राहकवर्गको मनसुनमा खुसियाली ल्याउन हुन्डाईले यो योजना ल्याएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस योजनामार्फत पनि ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया