चन्द्रावतीमा लुम्बिनी विकास बैंक

lumbini bank

काठमाडौं २९ असार । लुम्बिनी विकास बैंक लिमिटेडले चन्द्रावतीमा शाखा विस्तार गरेको छ । यो बैंकको ५०औँ शाखा हो । ‘ग्रामीण क्षेत्र बैंकिङ अबको प्राथमिकता’अन्तर्गत बहुसंख्यक नागरिकलाई बैंकिङ सेवा पु¥याउने घोषित नीति अनुरूप बैंकले शाखा विस्तार गरेको हो ।  शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका हुन् । कार्यक्रमको सभापतित्व विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील पराजुलीले गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले ससाना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरूमा बैंकिङ सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याएको दाबी गरे ।  बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङलगायत बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ ।

प्रतिक्रिया