नबिल बैंकको एटिएम सेवा विस्तार

Nabil bankकाठमाडौ २९ असार । नबिल बैंकले ४ वटा नयाँ एटिएम रुद्रेश्वर चोक, बुढानीलकण्ठ, पुतलीसडक, होटेल भिशुवा, वीरगञ्ज तथा पर्सा चोक, लुम्बिनीमा स्थानीय वासिन्दाको सेवा सुविधाका लागि एटिएम सेवा थप गरेको हो ।  बैंकको एटिएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कुल सय वटा एटिएम संख्या पुगेको छ । भिसा कार्ड, मास्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड र एससिटी कुनै पनि कार्डवाहकले उक्त एटिएमबाट नगद झिक्ने तथा एटिएमका अन्य सुविधाहरू उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले १००औँ एटिएमको उद्घाटन गर्दै ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिबद्धताअनुरुप ४ एटिएम थप्नाले खुसी लागेको बताए । व्यावसायिक र प्रभावकारी बैंकिङ सुविधाहरू प्रदान गर्न र समाजका बृहत् एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यकता घरदैलोमै परिपूर्ति गर्ने तथा सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । बैंकले ५२ वटा शाखा र १ बिस्तारित काउन्टरको बृहत् सञ्जाल, १ सय वटा एटिएमको विशाल संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रदान गरेर गरेको दाबी गरेको छ ।

प्रतिक्रिया