विद्यार्थीलाई एक दिने सहजीकरण कार्यक्रम

student sahajikaran karyakramकाठमाडौं २१ असार । एसइई दिएर बसेका शेर्पा विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यका साथ शेर्पा युवा परिषद्, काठमाडौंले सहजीकरण कार्यक्रम सञ्चालन गरेको छ । शेर्पा सञ्चार समूह नेपालको बौद्ध टुसालस्थित हलमा सम्पन्न भएको अन्तरसंवाद कार्यक्रममा शेर्पा समुदायका विद्यार्थीहरू सहभागी थिए । विद्यार्थीहरू स्वयं कुन विषय छनोट गरी अध्ययन गरुँ भनी अन्योलमा रहन सक्ने हुनाले त्यसलाई निराकरण गर्न कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक डोमा शेर्पाले जानकारी दिइन् ।

अन्तरसंवाद कार्यक्रममा सिए विषयका दक्ष रिञ्जिन शेर्पा, समाजशास्त्रबाट फुर्वा शेर्पा र पत्रकारिता विषयबाट पत्रकार डोमा शेर्पाले सहजीकरण गरेकी थिइन् । शेर्पा समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्नका लागि विषय छनोटमा भ्रम उत्पन्न हुने समस्यालाई समाधान गर्ने कार्यक्रमको उद्देश्य थियो । सहजकर्ताहरूले आआफ्नो उद्देश्यअनुरूपको विषय छनोट गर्नुपर्ने सुझाव दिँदै सम्बन्धित विषयको महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीहरूले यस कार्यक्रमले उच्च शिक्षामा विषय छनोट गर्न सहज भएको प्रतिक्रिया दिँदै आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रममा शेर्पा समुदायका २५ जना विद्यार्थी सहभागी थिए । (सौस)

प्रतिक्रिया