हंगकंगबारे चुनौती नदिन चीनको चेतावनी

_xicarrie_reutersवेजिङ, १८ असार । चिनियाँ राष्ट्रपति शि जिनपींगले हंगकंगमाथि बेइजींगको अधिकारलाई लिएर कुनै पनि ‘अमान्य’ चुनौती नदिन चेतावनी दिएका छन्।

हंगकंग चीनले फिर्ता पाएको बिस वर्ष पुगेको उपलक्ष्यका साथै त्यहाँकी नयाँ नेता क्यारी ल्यामको शपथ ग्रहणका लागि आयोजित समारोहमा बोल्दै चिनियाँ राष्ट्रपतिले उक्त चेतावनी दिएका हुन्।

हंगकंगले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा तथा विकासका स्वार्थसम्बन्धी प्रणाली सुधार गर्नु पर्ने उनले बताए। ‘चीनको सार्वभौमसत्ता र सुरक्षालाई जोखिममा पार्ने कुनै पनि प्रयत्न, तथा केन्द्रिय सरकारको शक्तिलाई चुनौति दिने कार्य, वा हंगकंगलाई प्रयोग गरेर हुने घुसपैठ तथा मुख्यभूमि विरुद्ध गरिने गतिविधिले लक्ष्मण रेखा नाघ्नेछ। ती कुनै पनि हालतमा अमान्य छन्, उनले भने।
कडा प्रहरी सुरक्षाका माझ राष्ट्रपतिले विभिन्न भव्य समारोहहरुमा भाग लिए।

तर कार्यक्रमस्थल नजिकै प्रजातन्त्र समर्थक प्रदर्शनकारी तथा बेइजींग समर्थक प्रदर्शनकारीबीच झडप भएका थिए। कैयौं पक्राउ परेका छन्। सन् २०१३ मा चीनको राष्ट्रपति भए पछि उनको यो पहिलो हंगकंग भ्रमण हो। तीन वर्ष अगाडि प्रजातन्त्रको समर्थनमा महिनौंसम्म त्यहाँ प्रदर्शनहरु भएका थिए।

प्रतिक्रिया