चीनमा पहिलो पटक गाइडेड मिसाइल प्रक्षेपण, भारतलाई भयो चिन्ता

South-Korea-Koreas-Te_NH-2-1
एजेन्सी, १५ असार । चीनले बुधबार आफ्नो पहिलो गाइडेड मिसाइल युद्धपोतको प्रक्षेपण गरेको छ। विश्वकै ठूलो युद्धपोत ‘टाइप–५५’ लाई बुधबार सांघाईको जिआगनान सिपयार्डमा आयोजित समारोहका बीचमा प्रक्षेपण गरिएको हो।

योसँगै चिनियाँ जनमुक्ति सेनाको शक्ति थप मजबुत बनेको छ। चीनको यो युद्धपोतको प्रक्षेपणसँगै भारतका लागि भारतमा चिन्ता बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वालाई उदृत गर्दै राजधानीले लेखेको छ।

भारतसँग यो क्षमताको युद्धपोत छैन । यो युद्धपोतलाई चीनले तयार गरेको हो । यो युद्धपोत आधुनिक एयर डिफेन्स, एन्टी मिसाई, एन्टी सवमरिन हतियारले सुसज्जित रहेको छ । चीनले दक्षिण सागर विवाद र भारतीय सेनासँग सीमा क्षेत्रमा बढ्दो तनावबीच यो युद्धपोत प्रक्षेपण गरेको हो । हाल चीनले आफ्नो नौसेनामा धेरै युद्धपोत उपलब्ध गराएको छ।

बुधबार प्रक्षेपण गरिएको युद्धपोत १० हजार टन वजन रहेको । यसको क्षमत ड्रागनभन्दा बढी गुणा भएको बताइएको छ । चीनले अहिलेसम्म तयार गरेका युद्धपोतमध्ये यो सबैभन्दा शक्तिशाली हो । पछिल्लो समय चीनले आफनो सैन्य क्षमतालाई तीव्र गतिमा बढाउँदै लगेको छ।

प्रतिक्रिया