इन्डोनेसियामा बिदा मनाउँदै ओबामा

इन्डोनेसिया । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा १० दिने बिदा मनाउन इन्डोनेसिया आएका छन् । उनी परिवारसहित इन्डोनेसियाको बाली र जाकार्ता आएको अधिकारीहरूले शनिबार जनाएका छन् । इन्डोनेसियामा ओबामाले बाल्यकाल बिताएका थिए । पूर्वराष्ट्रपति ओबामा उनका श्रीमती मिचेल र दुई छोरीसहित बालीमा रहेको हिमटापुमा पुगेका सेनाका अधिकारीहरूले जनाएका छन् । ‘उहाँहरू गएराति अबेर आएर होटलमा बस्नुभयो । अनि ओबामा बिहानै उठेर व्यायाम गर्नुभएको थियो’, स्थानीय सैन्य प्रमुखले भने ।

प्रतिक्रिया