इजिप्टले दुई टापुको सार्वभौमसत्ता साउदीअरबलाई दिने

_mediaitem93584129

एजेन्सी, ११ असार । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल –सिसीले ‘रेड सी’ मा रहेका मानव बसोबास नभएका दुईवटा टापुको सार्वभौमसत्ता साउदी अरेबियालाई सुम्पने एउटा सन्धि अनुमोदन गरेका छन्।

एकजना सरकारी वकिल रफिक शरिफले उक्त आदेश अब कानून बनेको र ती टापु साउदी अरेबियाको भूमिमा परिणत भएको बताए। तर एउटा संवैधानिक अदालतले सो विषयमाथि संसद् वा न्यायापालिका कुन निकायको निर्णय अन्तिम हुनेछ भनेर निर्क्यौल गर्न बाँकी छ।

एक वर्षयताको कानूनी लडाइँका क्रममा उक्त सन्धिको खारेजी र अनुमोदन दुवै पक्षमा अदालतले आदेश सुनाएको छ। ती टापु साउदी अरेबियालाई दिने घोषणा अघिल्लो वर्ष राष्ट्रपति सिसीले गरेपछि विरोधस्वरुप ठूला प्रदर्शनहरु भएका थिए।

इजिप्ट र साउदी अरेबियाका अधिकारीले ती टापुहरु साउदी अरेबियाकै भएको र ६० वर्षभन्दा केही समयअघि तिनीहरुलाई इजिप्टको सुरक्षामा राखिएको बताएका छन्।  देशभित्रै भएका विरोधका माझ इजिप्टको संसद्को तनावपूर्ण बैठकले केही दिनअघि उक्त सन्धि अनुमोदन गरेको थियो।

ुगल्फ अफ आक्बाुको मुखमा पर्ने ती दुई टापु साउदी अरेबियालाई दिने निर्णय अघिल्लो वर्ष राष्ट्रपति सिसीले राजा सलमानलाई भेट्दा गरेका थिए। धेरै इजिप्टेलीले उक्त निर्णयले देशको आत्मसम्मानलाई धोका दिएको ठान्ने गरेका छन्।

इजिप्टको विद्यालयका पाठ्यक्रममा ती टापुहरुको रक्षार्थ इजरेलसँग भएका लडाइँमा देशका सैनिकहरु मारिएको सन्दर्भ राखिएका छन्। उक्त सन्धिविरुद्धको कानूनी लडाइँ अझै समाधान भइसकेको छैन किनभने इजिप्टको एउटा अदालतले उक्त सन्धिलाई खारेज गर्यो तर अर्को तहको अदालतले उक्त सन्धिलाई अनुमोदन गर्ने फैसला सुनायो।

एकजना पत्रकार भन्छन् , ‘अति आवश्यक साउदी अरेबियाको लगानी भित्र्याउन राष्ट्रपति सिसीले एकदमै ठूलो राजनितिक जोखिम लिएका छन्।’ (बिबिसीबाट)

प्रतिक्रिया