कारबम आक्रमणमा ३४ को मृत्यु

car bamअफगानिस्तान । अफगानिस्तानको हेल्मण्ड प्रान्तको लश्कर गाहमा भएको एउटा कारबम विस्फोटनमा ३४ जनाको ज्यान जानुकासाथै ६० जना अरु घाइते भएका छन्।

हेलमण्ड प्रान्तको राजधानी समेत रहेको सो शहरको एउटा ब्यांक अगाडी सो विस्फोट भएको थियो। विस्फोटका बेला मानिसहरु आफ्नो तलब झिक्न सो बैंक अगाडी लामबद्ध रहेका थिए।

हेल्मण्ड प्रान्तमा आक्रामक अवस्थामा रहेको तालेवानले सो हमला आफूले गराएको दावी गरेको छ। अफगान प्रहरीले बीबीसीसंग कुरा गर्दै लश्कर गाहस्थित न्यू काबुल ब्यांकको प्रवेशद्वारमा उक्त कारबम विस्फोट गराइएको बताएको छ।

हताहति हुनेहरुमा गैरसैनिक र सुरक्षा सैन्यका सदस्यहरु पनि रहेका बताइएको छ। लश्कर गाहस्थित अस्पतालका प्रमुख मौलादाद तावेदारले बीबीसी अफगान सेवासंग कुरा गर्दै हताहत हुनेहरुको संख्या बढ्न सक्ने बताएका छन्। अफगानिस्तानको प्रमुख कार्यकारीका एकजना प्रवक्ताका अनुसार उक्त घटनाका धेरैजसो पिडितहरु आगामी हप्ताको ईद पर्वका लागि किनमेलमा व्यस्त रहेकाहरु छन्।

अफगानिस्तानमा हालै वर्षहरुमा गैरसैनिक र सैनिकहरुले आफ्नो मासिक तलब बुझ्ने ब्यांकका भवनहरुमा बारम्बार आक्रमण भैरहेको छ।

प्रतिक्रिया