जो दुई वर्षमै योगमा पारंगत भइन् . . .

sani yoga guruएजेन्सी, ७ असार । श्रेया त्यागी १२ वर्षकी भइन् । उनलाई योगका लागि विश्व विख्यात बाबा रामदेवले ‘सानी योगगुरु’ को उपाधि दिएका छन् । श्रेया एक सय ५१ योगासन र २१ प्र्रकारका प्रणायाम गर्न पारांगत छिन् ।

बिहारको खगडिया जिल्ला निवासी श्रेया यही पारांगतताले बाबा रामदेवले ‘सानी योगगुरु’ को उपाधि दिएका हुन् । रामदेव जब विहार भ्रमणमा आउँदछन् श्रेयालाई भेट्न विर्सदैनन् ।

बिहारका प्रसिद्ध योगाचार्य धर्मेन्द्र त्यागीकी छोरी श्रेयाको जन्म २१ सेप्टेक्वर २००२ मा भएको हो । सानैदेखि आफ्ना पिताले योग गरेको देखेकी श्रेयाले पितालेजस्तै नक्कल गर्थिन् । आफूलाई पनि गाह्रो पर्ने योगसन आफ्नी छोरीले सजिलै गरेको देखेका उनका पिताले दुई वर्षको उमेरमै उनलाई दिल्लीको राष्ट्रिय शिविरमा भाग लिन पठाएका थिए । जहाँ उनलाई राष्ट्रिय पुरुस्कारबाट सम्मान गरियो ।

श्रेयाका पिता धर्मेन्द्र छोरीको यो कमाल देखेर दंग छन् । उनी भन्छन् ‘गिनिज बुक अफ वल्र्ड रेकर्डमा नलेखिए पनि उनको योगकला प्रदर्शन गरेर ‘हाई–हाई’ पाएकी छन् ।’ २००६ मा राष्ट्रि बाल पुरस्कारका लागि चुनिएकी श्रेया सबैभन्दा कम उमेरकी सहभागि थिइन् । त्यतिवेला उनी मात्र चार वर्षकी थिइन् ।

आफ्नै गृहनगर खगडियाको विद्यालयमा सात कक्षामा अध्ययनरत् श्रेयाले भारतको १५ वढी राज्यमा आफ्नो योगकला प्रदर्शन गरिसकेकी छन् । योगकलाको प्रदर्शन मात्र होइन, यसका फाइदाहरू वारे घण्टौं प्रवचन दिनसक्ने भएकी छन् । उनको योगसम्वन्धी प्रवचन सुन्ने जो कोही उनको तारिफ नगरी रहन सक्दैन । उनको प्रवचन कला कुनै विदुषीकोभन्दा कम नरहेको बताइन्छ ।

विहारमा मुख्यमन्त्री नीतिशकुमार, राजस्थानका मुख्यमन्त्री अशोक गहलोतसमेतको हातबाट पुरस्कृत भइसकेकी श्रेयाले विभिन्न दर्जनवढी पुरुस्कारबाट पुरुस्कृत भइसकेकी छन् ।

प्रतिक्रिया