बजाज पल्सर अब आर्मी फुटबलको प्रायोजक

bije4500-001_REQPRaITAn

काठमाडौं ७ असार । बजाजको पल्सर मोटरसाइकल त्रिभुवन आर्मी फुटबल क्लबको प्रायोजक बनेको छ । हंशराज–हुलासचन्द अधिकृत बिक्रेता रहेको बजाजको पल्सरले आर्मी फुटबल क्लबलाई खेलकुद सामग्री प्रायोजन गर्ने भएको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आर्मी र एचएच बजाजकाबीच सो प्रायोजनसम्बन्धी सम्झौता भएको जानकारी दिइएको हो । आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा आर्मी र एचएच बजाजकाबीच सो प्रायोजन सम्झौता भएको हो । आर्मी फुटबल क्लब र एचएच बजाजबीचको सो प्रायोजन सम्झौता ३ वर्षको रहेको छ । सम्झौता अनुसार कम्पनीले फुटबल क्लबलाई हरेक वर्ष २५ लाख रुपैयाँ बराबरको खेलकुद सामग्री उपलव्ध गराउनेछ ।
खेल क्षेत्रलाई थप बलियो बनाउने र क्लब र कम्पनीकाबीच यो सम्झौताले अझ मजवुत सम्बन्ध स्थापित गर्ने अपेक्षा दुवै पक्षले लिएका छन् । मंगलबार आयोजित कार्यक्रममा एचएच बजाजका प्रबन्धनिर्देशक शेखर गोल्छाले देशकै प्रमुख खेलकुद क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले कम्पनीले आफ्नो बिजनेस र विज्ञापन भन्दा पनि नेपालको खेलकुदलाई मयार्दित र थप उचाइमा पु¥याउन यो सहकार्य भएको बताए ।

प्रतिक्रिया