आकासमै जन्मियो बच्चा

images_cms-image-000024825
मुम्बई ६ असार । एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छन् । अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन् ।  नाम नखुलाइएकी एक २० वर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ । साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो । जेट एयरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकै क्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बईमा अवतरण गराई ती आमा र बच्चालाई अस्पताल पु¥याइएको छ ।  बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको छ ।

विमानमा बच्चा जन्मिने क्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए । बोइङ ७३७ उडानमा एक सय ६२ जना यात्रु सवार रहेका र मुम्बइमा सो विमान अवतरण गरिएको उक्त एयरवेजले जनाएको छ । ती महिला र नवजात शिशुलाई विमानस्थल नजिकैको अस्पतालमा लगिएको बताइएको छ । उक्त एयरवेजले पहिलोपटक आफ्नो एयरवेजमा यसरी आकासमै बच्चा जन्मिएको जनाएको छ । मुम्बईको होली स्पिरिट अस्पतालले एएफपी समाचार समितिलाई बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ । जेट एयरवेजले यसप्रकार विमानमा बच्चा जन्मिएको यो पहिलोपटक भएको र ती बच्चालाई उनको जीवनभरी एयरलाइन्सले निःशुल्क यात्रा गराउने बताएको छ ।

गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा यसरी नै बच्चा जन्मिएको थियो । सो विमानलाई दक्षिणी भारतीय सहर हैदरावादमा आकस्मिक अवतरण गराई आमा र बच्चालाई नजिकैको अस्पताल पु¥याइएको थियो ।

प्रतिक्रिया