प्रियंका र आयुष्मान बीचको रोमान्समा विवाह

Priyanka Karki with Ayushman Shreshta 1काठमाडौं ४ असार । डिभोर्सी नायिका प्रियंका कार्की र नवनायक आयुष्मान देशराज श्रेष्ठ बीच चलेको रोमान्स र प्रेमले तातिएको नेपाली फिल्म इण्डष्ट्रीमा यी दुईको चाँडै विवाह हुने भएको गाइँगुइँ हल्ला सुनिन थालेको छ । आयुष्मान र प्रियंका बीच यसै वर्ष विवाह हुने करिब करिब पक्का–पक्की जस्तो भैसकेको समेत फिल्मी वृत्तमा हल्ला चलेको छ ।
पछिल्लो चलचित्र चपली हाइट–२ को छायाँकनको क्रममा दुवैबीच गहिरो माया प्रेममा बाँधिएका यी दुवैको परिवार तालमेल मिलाउने क्रममा रहेको भनिएको छ । प्रियंका भन्दा चार वर्षले कान्छो आयुष्मानसँगको प्रियंकाको लगन गाँठो दह्रो रूपमा कसिने आशा गरिएको छ । केही वर्ष अगाडि प्रियंकाको कच्चो विवाह जस्तो पक्कै पनि आयुष्मानसँगको विवाह नहुने राय पनि आइरहेको छ ।

Priyanka Karki with Ayushman Shreshta 3
आयुष्मानले अत्यन्त मन पराउने भएकोले प्रियंकाको आयुष्मानसँगको लगनगाँठो दह्रो रूपमा कस्सिने आशा गरिएको छ । यसले गर्दा पनि दुवै निस्फिक्री रूपमा हिंड्ने गरेको पाइएको छ । दुबै बीचको दोस्ती र प्यार हेर्दा दुवैको यात्रा लम्बे दौडको घोडा जस्तो हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया