नन्दिताको सेक्सी रूप

nanditaकाठमाडौं । सालिन नायिका मानिएकी नन्दिता केसीले बोल्ड टाइपको रोल हालसम्म खासै गरेको पाइँदैन । जसले गर्दा आमनायिका भन्दा बेग्लै नायिकाको रूपमा देखिएकी उनलाई कतिपयले कोल्ड नायिका भन्ने गरेको पनि पाइएको छ ।

जसले जस्तो उपनाम दिएता पनि चुपचाप एक दशकदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर लागिपरेकी यी अविवाहिता नायिका नेपाल बाहिर प्रवास अमेरिकामा रहेकी छन् ।

जंगबहादुरको कोट नामक नयाँ चलचित्रमा ‘आइ निड योर बेबी’ बोलको आइटम गीतमा पहिलोपल्ट आइटम डान्स गरेर उनी कोल्ड नायिका होइन भनेर प्रमाण दिने कार्य भएको छ । अब आइन्दा हट नंबर तथा आइटममा अभिनय गरेर नयाँपन पस्कने कार्यमा उनले निरन्तरता दिने भएकी छन् ।

कोल्ड टाइपका अभिनयले ओरालो लाग्न थालेपछि नन्दिताले ट्रयाक चेन्ज गर्नुलाई स्वभाविक नै मानिएको छ ।

प्रतिक्रिया