प्रो.गल्फर शिवरामको दबदबा

main news Shiva Ram
काठमाडौं १ असार । सूर्यप्रसाद शर्मा र सञ्जय लामामाथि ३ स्ट्रोकको जित निकाल्दै यस सिजनको सूर्य नेपाल गल्फ टुर २०१६÷१७ को उपाधि उचालेका शिवराम श्रेष्ठले आफ्नो करिअरको ३६औँ उपाधि आफ्नो बनाइसकेका छन् । शिवरामको लागि यो सिजन अत्यन्त सुखद र उपलब्धिमूलक रह्यो । यससँगै सिजनको छैटौँ उपाधि आफ्नो नाममा गर्न सफल शिवरामले नेपाली प्रो.गल्फमा आफ्नो दबदबाले कायमै राखे । भनिन्छ बहादुरीको साथमा समय पनि हुन्छन् । यस्तै किसिमको अवस्था सूर्य नेपाल प्रालिको प्रायोजनमा भएको यस सिजनको सूर्य नेपाल गल्फ टुर २०१६÷१७ मा पनि भएको थियो । निर्णायक दिनको खेलमा ५ स्ट्रोकको अग्रता लिएर दिनको सुरुआत गरेका शिवराम १०औँ होलको समाप्तीसँगै ३ स्ट्रोक पछि परे । जसमा स्ट्रोकले अघि रहेका सूर्यले सहजै जित निकाल्ने गल्फका पन्डितले विश्लेषण गरेका थिए । तर, १५औँ र १७औँ होलमा सूर्यले ट्रिपल बोगी खेप्दा ब्याक नाइनमा एक अन्डर ३५ को समान्य स्कोरकार्डका बाबजुत शिवरामको पोल्टामा उपाधि सहजै पुगेको थियो ।
यससँगै शिवरामले ६ उपाधिकासाथै कुल नगद ८ लाख १३ हजार पुरस्कारसहित सिजनलाई शानदार बनाए । सूर्य नेपाल टुरअन्तर्गत यो सिजन कुल ४७ लाख ७५ हजार नगद पुरस्कारको आठ प्रतियोगिता सम्पन्न भए । यो सफलता र नगद पुरस्कारले आगामी सिजन पनि नंवर एक गल्फरको स्थानलाई डगमगाउन दिएनन् । सूर्य नेपाल इस्टर्न ओपनबाट सिजनको सुरुवात गरेका उनले सूर्य नेपाल च्यालेन्ज, सूर्य नेपाल वेस्टर्न ओपन, सूर्य नेपाल सेन्ट्रल ओपन, सूर्य नेपाल टुर च्याम्पियनसिप र सर्वाधिक नगद पुरस्कारको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जिती सिजनलाई स्मरणीय बनाए । नंवर तीन गल्फर सञ्जय लामाका लागि यो सिजन सुखद र निराशाजनक दुवै रह्यो । सिजनभरिकै स्थिर खेलाडीका बाबजुद उपाधिविहीन रहनु सञ्जयको नियती बन्यो । तर, यो सिजन ४ लाख ११ हजार २ सय ५० नगद पुरस्कार जित्दा, सिजनको दोस्रो सफल खेलाडीको रूपमा आपूmलाई उभ्याए । यो सफलतासँगै उनी आगामी सिजनमा नेपाल नंबर दुई खेलाडीको रूपमा बढुवा भए । उनी यो सिजन सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपसँगै सूर्य नेपाल इस्टर्न ओपन, सूर्र्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजिए म्याच प्लेमा उपविजेता बने ।
यसैगरी अन्य तीन स्पर्धामा पनि तेस्रो भए । प्रदर्शनलाई एउटै स्तरमा कायम राख्न सक्नु उनको विशेषता रह्यो । सदैवका उपाधि दाबेदार मानिएको भुवन नगरकोटीको कथा पनि सञ्जयको जस्तै रह्यो । आठै प्रतियोगितामा उपाधिको दाबेदारको आँकलन गरिएपनि भुवन अन्ततः उपाधि विमुख नै भए । तर, उनी यो सिजनको तेस्रो सफल गल्फर बने । उनले कुल ३ लाख ६९ हजार नगद पुरस्कार आफ्नो पोल्टामा पारे । उनी यो सिजन सूर्य नेपाल च्यालेन्ज र सूर्य नेपाल वेस्टर्न ओपनका उपविजेता बने । पूर्व नंबर एक गल्फर रबी खड्काले भने यो सिजन पनि चौथो स्थानमै सकाए । रबी सिजनको ८ मध्ये सूर्य नेपाल टुरअन्तर्गत छैटाँै प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले च्याम्पियन बने । रबीले सञ्जय लामालाई फाइनलमा हराउँदै उपाधि जित्दा शाख जोगाएका थिए । सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधिसँगै ७० हजार रुपैयाँ जितेका थिए । उनले सिजनको अन्त्य कुल ३ लाख ४१ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कारबाट गरे ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम दिनलाई निकै रोमाञ्चक बनाएका सूर्यप्रसाद शर्मा भने यो सिजन पाँचाँै स्थानमा रहे । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नजिक पुगेर पनि चुकेका सूर्यप्रसाद शर्मा संयुक्तरूपमा दोस्रो स्थानमा चित्त बुझाएका थिए । उनी सूर्य नेपाल टुर च्याम्पियनसिपका पनि उपविजेता हुन् । सूर्र्यको प्रदर्शन सिजनभरि एकरूपको त रहेन तर अधिकांश प्रतियोगितामा दाबेदारकै रूपमा रहे । उनले यो सिजन कुल ३ लाख ३ हजार नगद प्राप्त गरे । सिजनका ८ मध्ये १ प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन भने रामे मगरले जिते । रामेका लागि यो उपाधि विशेष रह्यो । उनले सिजनको अन्त्य साताँै स्थानमा पूरा गरे । सूर्र्य नेपाल गल्फ टुर ०१६÷१७ प्रदर्शनको आधारमा पछिल्ला संस्करणभन्दा खासै फरक रहेन । तर, प्रत्येक स्पर्धा अत्यन्तै प्रतिष्पर्धात्मक बन्नु सिजनको रोमाञ्चक पक्ष रह्यो । सूर्य नेपाल गल्फ टुरको आगामी सिजनमा पनि शिवरामलाई कडा टक्कर दिने चुनौति अन्य ४० गल्फर लाई पक्कै रहनेछ । ७२ होलमा खेलिएको सूर्य नेपाल गल्फ टुर २०१६–०१७ को अन्तिम इभेन्टमा ३६ प्रोफेसनल गल्फर र १२ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता रहेको छ । सूर्य नेपाल प्रालिको मुख्य प्रायोजनमा सञ्चालनको सिजनको अन्तिम खेल कुल १२ लाख नगद पुरस्कार थियो ।

प्रतिक्रिया