नर्स गायिकाको नाच

narsh singar
काठमाडौं । नेपालको नर्सिङ क्षेत्रमा नाम चलेकी सेवाधारी नर्स सरिता प्रजापतिको गायनको व्यस्तताले तातिएको छ । नर्सिङ पेसाको अत्यन्त व्यस्तताको समयमा पनि शनिबार तथा बिदाको दिन मिलाएर विभिन्न सांगीतिक कार्यक्रमहरूमा बबाल तहल्का प्रस्तुत गरेर समय निकाल्न सक्नु नर्स गायिका प्रजापतिको यो वर्ष सफलताको रूपमा लिइएको छ ।

सरिता प्रजापती स्टेजमा प्रस्तुत भएर गीत गाउन थालेपछि माहोललाई तताउने मात्र नभइकन दर्शकहरूलाई उफार्ने समेत कार्य उनीबाट हुने गरेको छ । दर्शकसामु नै आएर मज्जाले गीत गाउँदै दर्शकहरूलाई नचाउँदै आफू पनि नाच्ने यी नर्स गायिका सरिता प्रजापती वर्ष ०७३ सालको चर्चामय गायिकाको रूपमा लिइएको छ ।

प्रतिक्रिया