आर्मी र सिएमजी संकटा फाइनलमा

काठमाडौं । नेपाल आर्मी क्लब र सिएमजी संकटा ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान भएको सेमिफाइनल खेलमा संकटाले फेन्ड्सलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै उपाधि यात्रा तय ग¥यो । आर्मीले भने विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई ४–० ले स्तब्ध बनाएको थियो । आर्मी र संकटा उपाधिका लागि सोमबार भिड्ने छन् ।
(सौस)

प्रतिक्रिया