दुनियाँको सबैभन्दा खतरनाक आदिवासी

mursi-tribe1

इथियोपिया । यहाँका मुर्सी आदिवासीलाई विश्वको सबैभन्दा खतरनाक आदिवासी मानिन्छ । यो आदिवासीको मान्यता छ कि जीवनमा कसै न कसैलाई मार्नैपर्छ । कसैलाई मार्न नसकी आफू ज्यूँदो रहनुभन्दा आफैँ मर्नु बेस हुन्छ । दक्षिण इथियोपिया तथा सुडानको सीमा क्षेत्रस्थित ओमान उपत्यकामा बस्ने यो आदिवासीको जनसंख्या करिब १० हजार छ । यो आदिवासीमा जिउमा अनेक खाले परिवर्तन गर्ने अर्थात् बडी मोडिफिकेसन गरिन्छ । जस अनुसार महिलाको कानको लोती तथा तल्लो ओठमा ठूलो गोलाकार प्वाल पारेर काठ वा माटोको डिस्क राखिन्छ ।
महिलाहरूको ओठ तथा कानमा यस्तो गोलाकार चिज घुसाउनुको कारण चाहीँ खराब नजरबाट बचाउनु हो । यसो गरेपछि महिलाहरू कुरुप देखिने र मानव तस्करहरूले दासी बनाउनका लागि खरिद नगर्ने हुनाले यो समुदायमा महिलालाई बचाउनका यस्तो गरिने रहेछ । छोरीहरू १५÷१६ वर्षका हुँदा नै आमाहरूले ओठ वा कानको लोती काटिदिएर त्यसमा काठ घुसाइदिने गर्दछन् र जीवनपर्यन्त उनीहरूले त्यो पहिरिन्छन् । अन्य कबिलाहरूसँग युद्ध गर्नुअघि यो आदिवासी समुदायका मानिसहरू प्रसस्त गाईको रगत पिउँछन् । साथै नयाँवर्षको अवसरमा समेत यो समुदायमा गाईको रगत विशेष रूपले पिइन्छ ।

MAGO NATIONAL PARK, OMO VALLEY, ETHIOPIA - JANUARY 01, 2014: Unidentified boys and a man from Mursi tribe with spears in Mirobey village.मुर्सी समुदायका मानिसहरूले आफ्नो परम्परा बचाइराखेका छन् । तर, उनीहरूमा पनि आधुनिकताले असर गरेको छ । सुरक्षाको लागि भन्दै अहिले यो समुदायका मानिसहरूले आधुनिक हतियारसमेत राख्ने गरेका छन् । उनीहरूसँग एके ४७ लगायतका हतियार रहेका छन् । हतियार बिक्रेतासँग उनीहरूले गाई दिएर हतियार खरिद गर्दछन् । पूराना मोडेलका बन्दुकका लागि आठ देखि १० वटासम्म गाई दिन्छन् भने नयाँ मोडेलका लागि ४० वटासम्म । सुडान तथा सोमालियाबाट यस समुदायले हतियार प्राप्त गर्ने गरेको छ ।

प्रतिक्रिया