ठोकर भन्छन् ःअन्यायपूर्वक कुवेतबाट डिपोर्ट गरियो

काठमाडौं २१ जेठ । नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दावी गरेका छन् ।शनिबार आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिए ।
कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू र आफ्नो संगठनले विरोध गरेको कारण मानव तस्करले आफूलाई षड्यन्त्र गरी फसाएको उनको दावी छ ।गत १८ चैतमा कुवेतको मंगाप सहरबाट आफूलाई अज्ञात समूहले अपहरण गरी कुवेत प्रहरीलाई बुझाएको र आफूलाई प्रहरीले अवैध मदिरा राखेको आरोप लगाई एक महिना जेलमा राखी नेपाल फर्काइएको उनको भनाइ छ । एक महिना जेलमा रहँदा आफ्नो साथीभाइ, मालिक र वकिल कसैसँग भेट्न नदिएको उनले गुनासो गरे ।

प्रतिक्रिया