२५ वर्षमै १० उपन्यास लेखेकी निकिता

nikitaकाठमाडौं । भारतको पटनामा जन्मेकी निकिता सिंहको उमेर २५ वर्ष मात्रै भए पनि उनले लेखेको उपन्यासको संख्या १० पुगिसकेको छ । ‘एभ्री टाइम इट रेन्स’ उनको पछिल्लो उपन्यास हो । २५ वर्षमै १०औँ उपन्यास लेख्ने निकिता रोमान्टिक उपन्यास लेखनको दुनियाँमा चर्चित नाम हो । भारतको पटनामा जन्मेर इन्दौरमा हुर्के पढेकी उनले २०१३ मै लाइभ इन्डिया योङ अचिभर्स अवार्ड पाउन सफल भएकी थिइन् । दुर्जोय दत्तसँग मिलेर लेखेको दोस्रो किताब ‘इफ इट्स नट फरएभर, इट्स नट लभ’ले उनलाई लेखकको रूपमा स्थापित गरायो । उनले ग्रेपभाइन इन्डियामा तीन वर्ष सम्पादक र विस्डम ट्रिको पब्लिसिङ मेनेजरका रूपमा समेत काम गरिसकेकी छन् ।

उनले न्युयोर्कस्थित द न्यु स्कुलमा रचनात्मक लेखनमा मास्टर्स गरेकी छन् । द प्रोमिस, समवान लाइक यु, द अनरिजनेवल फेलोज, राइट हियर राइट नाउ, आफ्टर अल दिस टाइम, लाइक अ लभ सङ उनका अन्य उन्यास हुन् ।१९ वर्षको उमेरमा पहिलोपटक उपन्यास ‘लभ २ फेसबुक’ लेख्दा उनी स्नातक तहमा अध्ययनरत थिइन् । निकिता आफ्ना किताब लेख्न बढीमा दुई हप्ता मात्रै लगाउँछिन् । १० ओटा किताब लेखिसके पनि उनी आफूले किताब लेख्ने खास कारण आपैmँलाई थाहा नभएको बताउँछिन् । उनका अधिकांश किताब उत्तर भारतका युवाको जीवनमा आधारित छन् । उनका उपन्यास औसतमा २० देखि २५ हजारको हाराहारीमा बिक्री हुन्छ । झुम्पा लहरी उनकी प्रिय लेखक हुन् ।

रणवीर सिंह उनलाई मन पर्ने अभिनेता हुन् । एकपटक त निकिताले रणवीरलाई आफ्नो प्रेमी र पति भनेको भनेर खुब चर्चासमेत चलेको थियो ।निकिताका एक जना फ्यान कोच्चीमा उनले गरेको प्रोमासनल टुरदेखि अझैसम्म पछ्याइरहेका छन् । निकिता काल्पनिक मात्रै नभई यथार्थपरक विषयलाई कथा बनाउँदै आएकी छन् । फेसबुकमा हुने आरोप प्रत्यारोपबाट टाढा रहन उनी खासै फेसबुक चलाउँदिनन् ।

प्रतिक्रिया