ब्राजिलका राष्ट्रपति टिमोरमाथी पद त्याग गर्न दबाब

michel-temer-brazil-president-1024x470
ब्राजिल, ७ जेठ । ब्राजिलका राष्ट्रपति मिसेल टिमरलाई सघाउँदै आएका सत्ता गठबन्धनका सदस्यहरुले भ्रष्टाचार प्रकरण छानबिन प्रक्रिया उनको कारण अवरुद्ध भएको भन्दै सत्ताबाट हटिदिन आग्रह गरेका स्थानीय टेलिभिजन नेटवर्क ग्लोवोन्यूजले जनाएको छ । टिमरका सहयोगीले दलका नेताहरुले राष्ट्रपतिको सेवा टिकाइराख्न समस्या देखिएको बताउँदै पदत्याग गर्नुले देशको सङ्क्रमणलाई समाधान गर्न सघाउने बताएका हुन् ।
ब्राजिलको पत्रिका ‘ओ ग्लोवो’ले बुधबार राष्ट्रपति टिमरले मासु कम्पनीका जोस्ली बाटिस्टालाई घुस प्रकरणमा सघाएको प्रसङ्ग रेकर्ड भएको बताउँदै मुद्दामा छानबिन गर्न सघाउन उहाँले राजीनामा दिनु राम्रो हुने जनाएको थियो । बाटिस्टा एक व्यवसायीका साथै पूर्व शक्तिशाली नेता पनि हुन् । टिमरले आफूले वाटिस्टालाई कुनै पनि अवस्थामा उक्त प्रकरणमा नसघाएको जनाउँदै आएका छन् । राष्ट्रपतिले बाटिस्टालाई आफ्नो सहयोगीका रुपमा कुनालाई राख्ने सहमति नगरेको बताउँदै आफूलाई फसाउने षडयन्त्र हुन लागेको टिमरको दाबी छ ।
कुनालाई भ्रष्टाचार अवैध सम्पत्ति आर्जन र राजस्व छली मुद्दामा १५ वर्ष चार महिनाको जेल सजाय तोकिएको छ । यसबाहेक ४० मिनेट लामो रेकर्डमा वाटिस्टाले न्यायाधीश र अभियोजकलाई घुसबापत दिएने रकमका लागी वार्गेनिङ गर्ने प्रसङ्गमा टिमर पनि मुछिएको बताइएको छ । टिमरले बिहीबार पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा नदिने बताउँदै आफूलाई जोडी गलत काम गरेको र यसैका कारण राजीनामा दिन लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन् ।

प्रतिक्रिया