अन्तर्राष्ट्रिय कराते बिहीबारदेखि

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुसीको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा नेपालबाट ३ सय, भारतबाट २ सय, बंगलादेशबाट ७, श्रीलंकाबाट १२, पाकिस्तानबाट ५ र भुटानबाट १० गरी जम्मा ५ सय ३४ खेलाडीको सहभागिता रहने आयोजक डोजो प्रमुख राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
कुमुतेमा २२ र कातामा ४ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख ९ हजार ५ सय रुपैयाँ खर्च हुने बताइएको छ । ३ दिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । (सौस)

प्रतिक्रिया