स्टामफोर्ड ब्रिजमा बात्सुईको भविष्य

stamford bridge ma batsyu ko bhabishya

एजेन्सी । निर्णायक गोल गरेका २३ वर्षीय बेल्जियमका बात्सुईको स्टामफोर्ड ब्रिजमा थप करिअर सुनिश्चित हुन सक्ने सम्भावनामा राहत मिले छ । यसअघि उनको प्रिमियर लिगको डेब्यु सिजनमा निराशाजनक बन्ने देखिएको थियो । तर यो गोलले उनलाई केही राहत मिलेको छ । ३३ मिलियन पाउन्ड स्ट्रर्लिङमा चेल्सीमा भित्रिएका बात्सुईले यस सिजन १८ खेलमा दुई गोल मात्र गरेका छन् । सामाजिक सञ्जालमा उनले आफू आश नै नगरिएको हिरो रहेको र भवानले अनएक्स्पेक्टेड हिरोलाई माया गर्ने पोस्ट गरेका थिए । जसमा चेल्सीका मिडफिल्डर सेस फाब्रिगासले पनि फुटबल अविश्वसनीय रहेको र जित निकै महत्वपूर्ण बनेको बताएका छन् ।
जारी सिजन चेल्सीले सुरुआतदेखि नै लय समाउँदै आएको थियो । गत सिजन खराब प्रदर्शन गर्दै शीर्ष चारमा पर्न नसकेको चेल्सी यस सिजन भने च्याम्पियन बन्यो । चेल्सीले पछिल्लो तीन वर्षमा दोस्रो पटक उपाधि जित्यो । चेल्सीले सन् २०१४–१५ को सिजनमा पनि उपाधि जितेको थियो । चेल्सीले लिगमा यो सिजन ३६ खेलमा २८ खेल जितेको छ । तीन खेलमा बराबरीमा रोकिएको चेल्सी पाँच खेलमा पराजित भएको छ । लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ । अबको बाँकी खेलमा चेल्सीले हार व्यहोर्दा टोटनह्यामले शतप्रतिशत जित निकाले पनि चेल्सीको च्याम्पियन यात्रा सुनिश्चित भएको थियो । अब चेल्सीले अर्को उपाधिको लागि मे २७ मा एफए कपको फाइनलमा आर्सनलसँग वेम्बलीमा खेल्दै छ ।

प्रतिक्रिया