आगलागीमा आठ लाखको क्षति

aaglagi

भोजपुर २८ वैशाख । भोजपुरको पश्चिम ट्याम्के मैयूङ गाउँपालिकामा बुधबार भएको आगलागीबाट एक घर जलेर पूर्णरूपले नष्ट भएको छ । दिउँसो १२ बजेको समयमा लागेको आगोले स्थानीय लालकाजी बस्नेतको घर र इलेक्ट्रोनिक पसलमा जल्दा आठ लाख ८७ हजार बराबरको क्षति भएकोे हो । घरमा मान्छे नभएको समयमा आगलागी भएको र आगलागीको खास कारण खुल्न नसकेको बताइएको छ ।

स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाइको छ । स्थानीय रमण गिरीका अनुसार पीडित बस्नेतलाई बुधबार नै स्थानीयहरूले १७ हजार दुई सय रूपैयाँ आर्थिक सहयोग गरेको बताएका छन् ।

प्रतिक्रिया