सेब स्कुलद्वारा राईलाई खेलकुद विकास सेवा अवार्ड

sab school dwara rae lae sammanकाठमाडौं । न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राईलाई सामाखुसी बोडिङ स्कुल (सेब) ले शनिबार सम्मान गरेको छ । सेब स्कुलले आफ्नो १९ औं अभिभावक दिवस तथा पुुरस्कार वितरण कार्यक्रम न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका राईलाई खेलकुद विकास र अनुशासनका पर्याय एवम् महिला भलिबल खेल जगत्का उत्प्रेरक प्रशिक्षकको संज्ञा दिँदै ‘खेलकुद विकास सेवा अवार्ड’ बाट सम्मान गरिएको छ ।

विद्यार्थीहरूको कलिला हात तथा शारीरिक बनोटलाई तिर्खादै महिला भलिबलमा विद्यालय स्तरमा एकतर्फी नतिजा निकाल्नुका साथै राष्ट्रिय स्तरमा पनि अकल्पनीय खेल प्रदर्शन गर्दै उत्कृष्ट नतिजा निकाल्न सफल कुशल प्रशिक्षकको रूपमा सम्मान गर्न पाउँदा हाम्रो संस्था गौरवान्वित भएको सम्मानपत्रमा उल्लेख छ । सेब स्कुलका प्रिन्सिपल एवम् विद्यालय भलिबल कमिसनका कोषाध्यक्ष युवराज थापालगायत सम्मानित भएका थिए ।

प्रतिक्रिया