बेपत्ता गिरी प्रहरी सम्पर्कमा

काठमाडौं । दुई दिनदेखि बेपत्ता भएका नयाँ शक्ति नेपालका नेता मदन गिरी प्रहरीको सम्पर्कमा आएका छन् । गत बुधबार बेलुका सात बजेदेखि सम्पर्कविहीन भएका नागार्जुन नगरपालिका–७ का नयाँ शक्ति नेपालका अध्यक्षका उम्मेदवार आज बिहानदेखि प्रहरी सम्पर्कमा आएका हुन् । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले आज सयुक्तरूपमा पत्रकार सम्मेलन गरी आज बिहान गोदावरीबाट उनी सम्पर्कमा आएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले नेपाली सेनाका पूर्व कर्मचारीसमेत रहेका गिरीलाई प्रहरीले गोदावरीबाट सम्पर्कमा ल्याएको बताए । प्रवउ जोशीले अपहरण वा त्यत्तिकै सम्पर्कविहीन भएको भन्ने बारेमा प्रहरीको अनुसन्धान जारी रहेको बताए । अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले निर्वाचनको सुरक्षाबारे नेपाल प्रहरी पूर्ण तयारी रहेको बताए ।

प्रतिक्रिया