आजैबाट प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन अन्तरिम आदेश….

sushila karkiकाठमाडौं २२वैशाख  । सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले संसदका नाममा अन्तरिम आदेश जारी गरेको छ। सरकारले यसअघि प्रस्ताव गरेका प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग रोक्न माग गर्दै दायर रिटमाथि शुक्रबार सुनुवाइ गर्दै यस्तो आदेश जारी भएको हो । न्यायाधीश चोलेन्द्र शमसेर राणाले यस्तो अन्तरिम आदेश दिएका हुन्।  शुक्रवार आजैबाट काम गर्न दिनका लागि न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिएपनि त्यसको आधार स्पष्ट नभएको र संविधानको मर्म तथा भावनाअनुकूल नभएको कुरा शुरु नजरमै देखिन आएकाले सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुङ्गो नलागुन्जेलसम्म महाअभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजकै मितिबाट काम गर्न दिनू भनी व्यस्थापिका संसदको नाममा अन्तरिम आदेश जारी गरेको हो ।supreme-court

निलम्बित रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई न्यायाधीश राणाको इजलाशले आजैका मितिदेखि पूर्ववत् अवस्थामा सर्वोच्च अदालतको काममा फर्काउन अन्तरिम आदेशसमेत दिएको छ। महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा अन्तरिम आदेश जारी ग¥यो। न्यायाधीश जबरा प्रधानन्यायाधीश हुने रोल क्रममा छन्। सुशीला कार्की पछि गोपाल पराजुली र दीपक जोशी पछि उनको पालो आउँछ। उनी लामो समयसम्म प्रधानन्यायाधीश हुने मध्येमा पर्नेछन्। उनी तीन वर्षभन्दा बढी समय प्रधानन्याधीश रहन्छन्। ‘

यसअघि सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश कार्कीविरुद्ध गत आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। वैशाख १७ गते प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरेको भोलिपल्टै अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

प्रतिक्रिया