चुनावमा बालबालिका प्रयोग नगरिने

रोल्पा । रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा निर्वाचनपूर्व, निर्वाचन हँुदा र निर्वाचनपश्चात् तीन चरणमा बालबालिका प्रयोग हुनसक्ने भएकाले सबै चरणमा चनाखो भएर बालअधिकारको संरक्षणमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए ।
प्रतिबद्धतालाई गम्भीरताका साथ कार्यान्वयन गर्ने भन्दै दलका स्थानीय कमिटीले वडा कमिटीसम्म सो प्रतिबद्धता कार्यान्वयनका लागि जानकारी गराउने बताएका थिए । प्रतिबद्धता जिल्लाका माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका विभिन्न वडामा क्रियाशील राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको बताइएको छ ।
जिल्लाका सबै गाउँपालिका र वडामा दलको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कडाइका साथ कार्यान्वयन गरिने जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ ।
निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गर्ने भन्दै जिल्लामा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ रोल्पा उद्योग वाणिज्य संघ, जिल्ला बाल क्लब सञ्जाल र प्रधानाध्यापक समाज सदस्य छन् ।
समितिले जिल्लामा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरी साप्ताहिकरूपमा केन्द्रीय बालकल्याण समितिमा प्रतिवेदनसमेत बुझाउने अनुगमन समितिका संयोजक इन्द्रा शाहीले बताए ।

प्रतिक्रिया