मदनकृष्णको जन्मदिन सेलिब्रेसन

madan-krishna-1
काठमाडौं । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसर पारेर केक काटिएको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा उनको जन्मदिनको अवसरमा केक काटिएको हो । हुन त, मदनकृष्णको जन्म गतेका हिसाबले ७ वैशाख हो । तर, तिथिका आधारमा उनको जन्मदिन यसपाली १४ गते बिहीबार परेकोले चलचित्र ‘छक्का पन्जा–२’ को टिमले उनको जन्मतिथिमा केक काटेर सेलिस्रेसन गरेको छ ।
मदनकृष्णलाई उनका साथी हास्य कलाकार हरिवंश आचार्यले केक खुवाइदिएका थिए । रमाइलो कुरा के छ भने, मदनकृष्णले आफ्नो बिहे पनि यही मन्दिरमा गरेका थिए । मनदकृष्णले भागी बिहे गरेर सूर्यविनायक मन्दिरमा किरण केसीको उपस्थितिमा यशोदा सुवेदीलाई सिन्दुर हालेका थिए ।
यस्तै, हास्य कलाकार हरिवंश आचार्यको बिहे पनि सूर्यविनायक मन्दिरमा नै भएको थियो । आफूले बिहेपछि पहिलोपटक सूर्यविनायक मन्दिरमा केक काटेको मदनकृष्णले बताए । उनलाई विभिन्न हास्य कलाकारहरूले शुभकामना दिएका थिए ।

प्रतिक्रिया